Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्वोच्च अदालतको निर्णय: गगन थापाको समूहलाई नेपाली कांग्रेसको आधिकारिकता

सर्वोच्च अदालतको निर्णय: गगन थापाको समूहलाई नेपाली कांग्रेसको आधिकारिकता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ४, २०८३ शुक्रवार • १७:०२:५० बजे
  • 1.6K
    SHARES
  • सर्वोच्च अदालतको निर्णय: गगन थापाको समूहलाई नेपाली कांग्रेसको आधिकारिकता

    सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापा नेतृत्वको समूहलाई आधिकारिकता दिने निर्णय गरेको छ । सर्वोच्चले निर्वाचन आयोगको निर्णयलाई कानूनी मान्यता दिएको हो । 

    images

    न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै शेरबहादुर देउवा समूहको अस्वीकृत मागलाई अप्रत्यक्षरूपमा खारेज गरेको हो । यस निर्णयले नेपाली कांग्रेसको आन्तरिक विवादमा नयाँ मोड ल्याएको छ ।

    सोमबार सुनाएको निर्णयमा, सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई संवैधानिक र कानूनी दृष्टिले उचित ठहर्‍याएको छ। अदालतका प्रवक्ता अर्जुन कोइरालाले निर्णयको संक्षिप्त आदेश सुनाएका छन । 

    निर्णयसँगै अब विशेष महाधिवेशनबाट चयन गरिएको कार्यसमितिले निरन्तरता पाउने छ, जसले पार्टीका महत्वपूर्ण निर्णय र संगठनलाई सञ्चालनमा मद्दत गर्नेछ। यसले पार्टीको आन्तरिक विवादलाई पनि हल गर्ने अनुमान गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology