काठमाडौं , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्रीमा मनोनयन गरेको छ । त्यसैगरी केन्द्रीय सचिवालयमा दुई नयाँ नेता थपिएका छन ।
रास्वपाको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) को प्रस्तावमा शाहलाई महामन्त्री बनाउने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई थप्ने निर्णय गरेको छ ।