Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुख्यमन्त्री शाहीले हटाए आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै प्रमुख सचेतक

मुख्यमन्त्री शाहीले हटाए आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै प्रमुख सचेतक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २६, २०७७ सोमवार • १८:३३:०२ बजे
  • 2.3K
    SHARES
  • मुख्यमन्त्री शाहीले हटाए  आफूविरुद्ध अविश्वासको प्रस्ताव आएसँगै प्रमुख सचेतक
    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका पार्टी प्रमुख सचेतकलाई पदबाट हटाएका छन्।

    नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक सांसद गुलावजंग शाहलाई पदमुक्त गरी मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता शाहीले सांसद सीताकुमारी नेपालीलाई नियुक्त गरेका छन्।

    प्रमुख सचेतक शाहको कामकारवाही सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री शाहीले सोमबार प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको जनाएका छन्।

    पद मुक्त गरेका प्रमुख सचेतक गुलावजंग शाह पूर्वएमालेका हुन्। नियुक्त गरिएकी नेपाली पूर्वमाओवादीकी हुन्।

    सत्तारुढ नेकपाका १८ सांसदले मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव प्रमुख सचेतक गुलावजंग शाह समक्ष पेश गरेका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology