Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०८३ बुधवार • ०७:११:२० बजे
  • 463
    SHARES
  • सुनचाँदीको भाउ घट्यो

    बुधबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो ।

    images

    अघिल्लो दिन प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ लाख ५ सय रुपैयाँमा झरेको छ । गत बुधबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ थियो । चाँदी भने तोलामा ३० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार १३० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत बुधबार चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदीको भाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology