Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकाले युद्धविराम लम्ब्याउँदा इरान किन भयो सशंकित ?

अमेरिकाले युद्धविराम लम्ब्याउँदा इरान किन भयो सशंकित ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०८३ बुधवार • ०७:३७:५५ बजे
  • 508
    SHARES
  • अमेरिकाले युद्धविराम लम्ब्याउँदा इरान किन भयो सशंकित ?

    इरानी अधिकारीहरुले अमेरिकाले लम्ब्याएको युद्धविराम पालना हुनेमा आशंका गरेका छन् । इरानी संसद्का सभामुख मोहम्मद बगर गालिबाफका सल्लाहकार महदी मोहम्मदीलेले अमेरिकाले अचानक आक्रमण गर्न सक्ने भन्दै युद्धविराम पालना हुनेमा आशंका गरेका हुन् ।

    images


    उनले युद्धविराम बढाउनुको कुनै औचित्य नभएको जिकिर गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘हार्ने पक्षले शर्तहरू तय गर्न सक्दैन । घेराबन्दी जारी राख्नु बमबारीबाट अलग होइन । यसको जवाफ सैन्य कारबाहीबाट दिनुपर्छ ।’

    अचानक हमलाको तयारीका लागि अमेरिकी राष्ट्रपतिले युद्धविरामको समयावधि बढाएको भन्दै मोहम्मदीले इरानले आक्रमण गर्ने समय आइसकेको बताएका छन् ।


    अमेरिकी राष्ट्रपति ट्रम्पले २२ अप्रिलमा युद्धविरामको समयावधि अनिश्चितकालका लागि बढाएको घोषणा गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ र फिल्ड मार्शल आसिम मुनीरको माग अनुसार समय बढाइएको उनको दाबी छ ।

  • सम्बन्धित विषय:

  • # इरान किन भयो सशंकित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology