Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

इन्धनको मूल्य वृद्धि भएसँगै फेरि बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धि भएसँगै फेरि बढ्यो सार्वजनिक यातायात भाडा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०८३ बुधवार • ०६:११:१३ बजे
  • 325
    SHARES
  • इन्धनको मूल्य वृद्धि भएसँगै फेरि बढ्यो सार्वजनिक यातायात भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ ।

    images

    अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

    यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ ।

    हाल डिजेलको मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ छ । विद्युतीय सवारीसाधनले भने भाडा बढाउन नपाउने विभागले जनाएको छ । यदि विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ ।

  • सम्बन्धित विषय:

  • # यातायात भाडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology