Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा हुण्डी कारोबारीमाथि दूतावासको निगरानी, आफ्नो कमाइ वैध माध्यमबाट मात्र पठाउन आग्रह

कुवेतमा हुण्डी कारोबारीमाथि दूतावासको निगरानी, आफ्नो कमाइ वैध माध्यमबाट मात्र पठाउन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १६, २०८३ बुधवार • १३:१२:१९ बजे
  • 976
    SHARES
  • कुवेतमा हुण्डी कारोबारीमाथि दूतावासको निगरानी, आफ्नो कमाइ वैध माध्यमबाट मात्र पठाउन आग्रह

    कुवेत - कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा बसोबास गर्ने नेपाली नागरिकलाई अनौपचारिक रूपमा विप्रेषण अर्थात् हुण्डी कारोबार नगर्न अनुरोध गरेको छ ।

    images

    दूतावासले आतंककारी कार्यमा वित्तीय लगानी रोक्न र सम्पत्ति शुद्धीकरणका लागि अनुरोध गरिएको हो । नेपाल सरकारद्वारा निरन्तर निगरानी भइरहेको यस गतिविधि विरुद्धको नीतिगत पहलले अहिलेको अवस्थामा महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।

    परराष्ट्र मन्त्रालयले दूतावासमार्फत प्रत्येक महिनामा त्यससम्बन्धी गोप्य सूचना तथा तथ्यांकहरू अर्थ मन्त्रालय र अन्य सम्बन्धित निकायमा पठाउने कार्य गर्दै आएको छ । यसै सन्दर्भमा, कुवेत र इराकमा रहेका नेपालीहरूको अनौपचारिक वित्तीय कारोबारको अवैधता र त्यसको नकारात्मक प्रभावबारे सचेत गराउदै आएको छ । 

    नेपाली दूतावासका अनुसार हुण्डीको कारोबारले नेपालमा वित्तीय सङ्कट र अपराधी गतिविधिहरूलाई प्रोत्साहन दिन्छ । यसैले, सबै नेपालीलाई सचेत गराउने प्रयास गरेको छ । अनौपचारिक वित्तीय कारोबारले राष्ट्रिय सुरक्षा र अर्थतन्त्रमा पनि गम्भीर समस्या पार्न सक्छ । 

    हरेक नेपालीलाई सरकारको यो प्रयासमा सहयोग गर्नका लागि दूतावासले आग्रह गरेको छ ।  जो कोही पनि यदि अनौपचारिक कारोबारमा संलग्न छन् भने, दूतावासलाई जानकारी दिनुहोस्। यस प्रकारको सहयोगले नेपाल सरकारले अनौपचारिक व्यवसायको नियन्त्रणमा राख्न मद्दत गर्नेछ । गैरकानूनी वित्तीय कारोबारको विरुद्धमा कडा कानूनी कारबाही गरिने छ भनेर दूतावासले स्पष्ट पारेको छ ।

    दूतावाले गैरकानूनी वित्तीय कारोबार (हुण्डी) मा संलग्न व्यक्ति वा संस्थाको विवरण प्रमाणसहित यो ईमेल ठेगानाः kuwaitnepalembassy@gmail.com मा उपलब्ध गराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ । साथै यहाँहरूले दिनुभएको जानकारी अत्यन्त गोप्य राखिने समेत जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology