Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सेयर बजारमा सुधार

सेयर बजारमा सुधार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०८३ मंगलवार • १०:४२:३१ बजे
  • 325
    SHARES
  • सेयर बजारमा सुधार

    विगत ४ दिन लगातार घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ ।

    images

    आज बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ८.७८ अंक बढेको हो । सो वृद्धिसँगै नेप्से परिसूचक २७१२ अंकमा कायम भएको छ । अघिल्लो दिन बजार ३४ अंक घटेको थियो । कारोबारका क्रममा दिउँसो १२ : ४० बजे नेप्से २७२५ अंकसम्म पुगे पनि टिक्न सकेन । २७२५ नै दिनभरको लागि अधिकतम अंक रह्यो ।


    कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब २६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४३ करोडमा खुम्चियो । १६२ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने १६ को स्थिर रह्यो ।

    आज हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.४३, लगानी ०.१८, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.६३ र अन्य समूह ०.०८ प्रतिशत बढे । विकास बैंक ०.०४, फाइनान्स ०.१२, होटल तथा पर्यटन ०.०६, माइक्रोफाइनान्स ०.२१, निर्जीवन बीमा ०.१२ र व्यापार समूह ०.२९ प्रतिशत घटे ।


    माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ११.१६ प्रतिशत बढ्यो । त्यस्तै सोलु हाइड्रोपावरको ७.५६, धौलागिरि लघुवित्तको ७.०४ तथा झापा इनर्जीको ४.८० प्रतिशत मूल्य बढ्यो । फर्वाड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशत घट्यो । सुपरखुदी हाइड्रोपावरको ३.१३ तथा रावा इनर्जीको ३ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र पाल्पा सिमेन्ट छन् ।

  • सम्बन्धित विषय:

  • # बजारमा सुधार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology