कुवेतमा अवैध कारोबार गरि फरार रहेका एक जना व्यक्ती इन्टरपोल मार्फत यूएईबाट पक्राउ गरिएको छ ।
कुवेत र संयुक्त अरब इमिरेट्स (UAE) बीचको संयुक्त सुरक्षा सहयोगमा ४३३.७ मिलियन कुवेती दिनार (KD) बराबरको रक्सी र सम्पत्ति शुद्धीकरण (money laundering) सञ्चालनमा संलग्न एक भारतीय फरार अभियुक्तलाई पक्राउ गरिएको हो ।
कुवेतको आन्तरिक मन्त्रालयले युएईका अधिकारीहरूसँगको समन्वयमा ती भारतीय नागरिकलाई दुबईमा ट्र्याक गरी पक्राउ गरिएको थियो । उनलाई हालै कुवेतमा ल्याईएको छ ।
उक्त व्यक्तिलाई कुवेतको अदालतले उनको अनुपस्थितिमा नै १० वर्षको कडा परिश्रमसहितको कैद, जरिवाना र सम्पत्ति जफतको फैसला सुनाएको थियो । जेल सजाय भुक्तान गरेपछि उनलाई कुवेतबाट देशनिकाला गरिनेछ ।
अनुसन्धानका अनुसार अभियुक्त एक संगठित आपराधिक नेटवर्कको हिस्सा थिए, जसले कुवेतभित्र अवैध रूपमा मदिरा बिक्री र ओसारपसार गर्ने गर्थ्यो । उक्त समूहले अवैध मदिरा व्यापारबाट प्राप्त भएको आम्दानीलाई जटिल वित्तीय कारोबारहरूमार्फत वैधानिक देखाउन (Money Laundering) खोजेको मन्त्रालयले जनाएको छ ।