Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त

इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०८३ बिहिवार • ०५:४०:१३ बजे
  • 1.2K
    SHARES
  • इरान युद्धमा अमेरिकाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त

    इरानविरुद्ध सञ्चालित ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकाले ठूलो हवाई क्षति बेहोरेको छ । अमेरिकी कङ्ग्रेसको रिपोर्टअनुसार यस युद्धमा अमेरिकी सेनाका ४२ वटा एयरक्राफ्ट र ड्रोन ध्वस्त वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन् ।

    images

    अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै युद्धमा कुल साढे ४ खर्ब खर्च भइसकेको जनाएको छ ।


    कस्तो-कस्तो विमानमा भयो क्षति ?

    नष्ट भएका विमानहरूमध्ये ६ वटा फाइटर र अट्याक जेट रहेका छन् । जसमा एक एफ-३५, चार एफ-१५ई स्ट्राइक इगल र एक ए-१० थन्डरबोल्ट-२ समावेश छन् । अप्रिलको सुरुवातमै इरानले अमेरिकाको एउटा एफ-१५ई जेट खसालेको थियो ।

    सबैभन्दा बढी क्षति ड्रोनतर्फ भएको छ । कुल २५ वटा ड्रोन ध्वस्त भएका छन्, जसमा २४ वटा एमक्यु-९ रिपर र एउटा एमक्यु-४सी ट्राइटन छन् । यसबाहेक अन्य ११ वटा विमान पनि पूर्ण रूपमा नष्ट वा क्षतिग्रस्त भएका छन् ।


    न्युयोर्क टाइम्सको रिपोर्टअनुसार अमेरिका र इजरायलले इरानको परमाणु र क्षेप्यास्त्र क्षमता कमजोर बनाउन मात्र युद्ध गरेका थिएनन्, उनीहरूको योजना सत्तापलट गर्ने पनि थियो ।

    नयाँ नेताका रूपमा इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादलाई अघि सार्ने योजना थियो । युद्धको पहिलो दिन इजरायलले तेहरानस्थित अहमदिनेजादको घरनजिकै आक्रमण गरेको थियो । यसको उद्देश्य उनलाई नजरबन्दबाट मुक्त गर्नु थियो, तर उनी बचेका थिए ।

    त्यसपछि इजरायल र अमेरिका सत्तापलटको योजनाबाट पछि हटेका हुन् । इरानी सेना र सर्वोच्च नेतासँगको बिग्रँदो सम्बन्धका कारण अहमदिनेजाद कैयौँ वर्षदेखि नजरबन्दमा छन् ।

    रिपोर्टका अनुसार, सत्तापलटका लागि तय गरिएको ३ चरणको योजना तय गरिएको थियो । पहिलो चरणमा लगातार हवाई आक्रमण गर्ने, इरानका सर्वोच्च नेताहरूलाई निशाना बनाउने र कुर्द लडाकुहरूलाई सक्रिय पार्ने अमेरिकी रणनीति थियो ।

    दोस्रो चरणमा इरानी सत्ताले नियन्त्रण गुमाउँदै छ भन्ने सन्देश दिन इजरायलले अराजकता र युद्धको माहोल सिर्जना गर्ने योजना थियो । त्यस्तै, तेस्रो चरणमा पूर्वाधारमा क्षति पुर्‍याउने, ग्यास र बिजुली आपूर्ति रोकेर राजनीतिक दबाब बढाउने र त्यसपछि अहमदिनेजादलाई सत्तामा ल्याउने अमेरिकी योजना थियो ।

    यसैबीच, अमेरिकी सिनेटले राष्ट्रपति ट्रम्पको सैन्य शक्ति सीमित गर्ने प्रस्ताव ५०-४७ को मतले पारित गरेको छ । ४ जना रिपब्लिकन सांसदले पनि ट्रम्पको विपक्षमा मत दिएका छन् । यदि यो कानुन बन्यो भने इरानविरुद्ध युद्ध जारी राख्न ट्रम्पले कङ्ग्रेसको अनुमति लिनुपर्नेछ ।

    उता, अमेरिकी कोस्टगार्ड एकेडेमीमा बोल्दै राष्ट्रपति ट्रम्पले इरानको नौसेना र वायुसेना लगभग समाप्त भइसकेको दाबी गरेका छन् । अब अमेरिकाले कारबाही पूरा गर्ने वा इरान सम्झौतामा आउने भन्ने मात्र बाँकी रहेको उनले बताए । (एजेन्सीहरूको सहयोगमा)

  • सम्बन्धित विषय:

  • # इरान युद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology