Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री तथा सांसदलाई बिहानै बोलाए बालुवाटार

प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री तथा सांसदलाई बिहानै बोलाए बालुवाटार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • ०८:२२:०० बजे
  • 1.1K
    SHARES
  • प्रधानमन्त्री ओलीले आफूनिकट मन्त्री तथा सांसदलाई बिहानै बोलाए बालुवाटार

    आफ्नै पार्टीका नेताले प्रधानमन्त्री पदबाट राजीनामा मागेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) बिहानै आफूनिकट मन्त्री तथा सांसदलाई सरकारी निवास बालुवाटारमा बोलाएका छन्।

    images

    अहिले प्रधानमन्त्रीको सरकारी निवासमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराईलगायत ओलीनिकट मन्त्री तथा सांसद भेला भएका छन्। साथै बैठकमा मध्यमार्गी विचार राख्ने पूर्वमाओवादीका केही सांसदलाई पनि बोलाइएको छ

    प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएका असन्तुष्टि तथा सत्ता संघर्षका विषयमा छलफल गर्न तथा सल्लाह लिन आज बिहानै  आफूनिकट नेताको बैठक आह्वान गरेको नेकपाका एक नेताले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री ओलीले अहिले केही सांसदसँग छलफल गरिरहेका छन्।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology