Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युक्रेनभर रुसको भीषण आक्रमण : कम्तीमा नौ जनाको मृत्यु, दर्जनौँ घाइते

युक्रेनभर रुसको भीषण आक्रमण : कम्तीमा नौ जनाको मृत्यु, दर्जनौँ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १९, २०८३ मंगलवार • ०५:१९:१२ बजे
  • 1.1K
    SHARES
  • युक्रेनभर रुसको भीषण आक्रमण : कम्तीमा नौ जनाको मृत्यु, दर्जनौँ घाइते

    रुसले मंगलबार रातभर युक्रेनका विभिन्न सहरहरूमा व्यापक क्षेप्यास्त्र र ड्रोन आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

    images

    युक्रेनका अधिकारीहरूका अनुसार मध्य युक्रेनको ड्निप्रो सहरमा पाँच जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । राजधानी किभमा चार जनाको ज्यान गएको छ र कम्तीमा ५१ जना घाइते भएका छन् । घाइतेमध्ये ३५ जनाको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    किभका मेयर भिताली क्लिस्च्कोले सहरका दुईवटा अग्ला आवासीय भवनमा आक्रमण भएको जानकारी दिएका छन् । भग्नावशेषमुनि केही व्यक्ति फसेको आशंका गरिएको छ ।

    गत साता रुसले युक्रेनले कब्जामा रहेको रुसी नियन्त्रणको लुहान्स्क क्षेत्रमा रहेको एक छात्रावासमा ड्रोन आक्रमण गरी २१ जनाको ज्यान लिएको घटनाको प्रतिशोधस्वरूप युक्रेनमाथि ‘व्यवस्थित आक्रमण’ गर्ने चेतावनी दिएको थियो ।

    आक्रमणपछि किभका बासिन्दालाई आश्रयस्थलमै बस्न आग्रह गरिएको छ । किभ सिटी सैन्य प्रशासनका प्रमुख तिमुर काचेन्कोले रुसले ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरेर आक्रमण गरिरहेको बताएका छन् ।

    युक्रेनका अधिकांश क्षेत्रमा हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो। किभको केन्द्रभागबाट बाक्लो धुवाँ उडिरहेको देखिएको थियो ।

    उता रुसको दक्षिणी क्षेत्रमा रहेको इल्स्की तेल प्रशोधन केन्द्रमा पनि ड्रोन आक्रमणपछि आगलागी भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ ।

    किभमा भने रातभर लगातार विस्फोटका आवाज सुनिएका थिए । ड्रोनहरूको गुन्जनसँगै दर्जनौँ विस्फोट भएपछि सहरका विभिन्न स्थानमा आगलागी भएको थियो । मेयर क्लिट्स्कोका अनुसार पेट्रोल पम्प नजिक, निर्माणाधीन स्थल, अपार्टमेन्ट भवनहरू तथा दुई निजी घरमा आगो लागेको छ । सहरका केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको छ ।

  • सम्बन्धित विषय:

  • # भीषण आक्रमण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology