Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढ्यो

सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८३ बुधवार • ०५:१२:४५ बजे
  • 259
    SHARES
  • सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढ्यो

     सन् २०२५ मा इजरायलको हतियार बिक्री ३० प्रतिशतले बढेको छ । इजरायलको रक्षा मन्त्रालयका अनुसार देशको रक्षा निर्यात करिब ३० प्रतिशतले बढेर १९.२ अर्ब अमेरिकी डलर पुगेको हो ।

    images

    इजरायलले रक्षा निर्यातको नयाँ कीर्तिमान बनेको यो लगातार पाँचौँ वर्ष हो । पछिल्ला पाँच वर्षमा इजरायलको रक्षा निर्यात दोब्बरभन्दा बढीले वृद्धि भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

     

    सबैभन्दा बढी माग क्षेप्यास्त्र, रकेट तथा हवाई प्रतिरक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) को रहेको थियो । यसबाहेक निगरानी उपकरण (सर्भिलेन्स इक्विपमेन्ट), राडार तथा इलेक्ट्रोनिक रक्षा प्रणालीको पनि उल्लेखनीय बिक्री भएको मन्त्रालयले जनाएको छ ।

    द इकोनोमिक टाइम्सका अनुसार सन् २०२५ मा इजरायली कम्पनीहरूले विश्वभरका विभिन्न देशसँग सयौँ नयाँ रक्षा सम्झौता गरेका थिए । तीमध्ये आधाभन्दा बढी सम्झौताहरूको मूल्य १० करोड अमेरिकी डलर वा सोभन्दा बढी थियो ।


    रक्षा मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबर ७ मा हमास लडाकुहरूले गरेको आक्रमणपछि इजरायलका रक्षा उद्योगहरू युद्धकालीन अवस्थामा सञ्चालन भइरहेका छन् । ती उद्योगहरूले इजरायली सेनाका लागि चौबीसै घण्टा उत्पादन जारी राख्दै विदेशी ग्राहकहरूसँग भएका सम्झौताहरू पनि एकैसाथ पूरा गरिरहेका छन् ।

    मन्त्रालयले विभिन्न युद्ध मोर्चाहरूमा इजरायली रक्षा प्रणालीहरूले देखाएको प्रभावकारी प्रदर्शनका कारण इजरायलको रक्षा प्रविधिप्रति अन्तर्राष्ट्रिय माग उल्लेखनीय रूपमा बढेको जनाएको छ ।

    क्षेत्रगत रूपमा हेर्दा, इजरायलका रक्षा सम्झौतामध्ये ३६ प्रतिशत युरोपसँग भएका थिए । त्यसपछि एसिया–प्रशान्त क्षेत्रको हिस्सा ३२ प्रतिशत, मध्यपूर्व तथा उत्तर अफ्रिकाको १५ प्रतिशत र उत्तर अमेरिकाको १३ प्रतिशत रहेको थियो ।

    इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इजरायली सेनाले युद्धभूमिमा हासिल गरेका उपलब्धि र विश्वभर इजरायली रक्षा सामग्रीको निर्यातमा भएको सफलताबीच स्पष्ट सम्बन्ध रहेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # ३० प्रतिशतले बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology