Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेत र बहराइनमा अमेरिकी सेनालक्षित इरानी ड्रोनको अर्को लहर असफल, एयर डिफेन्सद्वारा मिसाइल र ड्रोन ध्वस्त

कुवेत र बहराइनमा अमेरिकी सेनालक्षित इरानी ड्रोनको अर्को लहर असफल, एयर डिफेन्सद्वारा मिसाइल र ड्रोन ध्वस्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८३ बुधवार • ०६:०३:३७ बजे
  • 1.4K
    SHARES
  • कुवेत र बहराइनमा अमेरिकी सेनालक्षित इरानी ड्रोनको अर्को लहर असफल, एयर डिफेन्सद्वारा मिसाइल र ड्रोन ध्वस्त

    अमेरिकी सेन्ट्रल कमाण्ड (CENTCOM) ले कुवेतमा तैनाथ अमेरिकी सेनालाई निशाना बनाएर पठाइएका इरानी ड्रोनहरूको थप एक लहरलाई असफल पारिदिएको जनाएको छ । CENTCOM द्वारा जारी आधिकारिक बयान अनुसार अमेरिकी हवाई प्रतिरक्षा प्रणाली (Air Defense) ले ती ड्रोनहरूलाई आकाशमै खसालेर निस्तेज पारिएको अल जजीरामा समाचार छ । 

    images

    अमेरिकी सैन्य कमाण्डले सामाजिक सञ्जाल एक्स (X) मार्फत जानकारी दिँदै यो आक्रमण असफल भएको र घटनामा कुनै पनि अमेरिकी सैन्य कर्मचारी वा सम्पत्तिमा क्षति नपुगेको स्पष्ट पारेको छ। सीएनएन (CNN) को ताजा अपडेट अनुसार इरानद्वारा प्रक्षेपण गरिएका कयौँ "वान-वे अट्याक ड्रोन" (आत्मघाती ड्रोन) हरू गन्तव्यमा पुग्नु अगावै आकाशमै नष्ट गरिएका थिए।

    पछिल्लो समय मध्यपूर्वमा अमेरिका र इरानबीच तनाव तीव्र रूपमा बढेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले हालै क्युशम टापु (Qeshm Island) मा अमेरिकाले गरेको आत्मरक्षा स्ट्राइकको बदला लिन कुवेत र बहराइनमा रहेका अमेरिकी अखडाहरूलाई निशाना बनाएको दाबी गरेको थियो।

    यद्यपि, अमेरिकी सेनाले बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौँ फ्लिट (US Navy's Fifth Fleet) को मुख्यालय र क्षेत्रीय हवाई अखडामा इरानले क्षति पुर्‍याएको भन्ने दाबीलाई पूर्ण रूपमा खण्डन गरेको छ। अमेरिकी सेनाले इरानी आक्रमणहरू पूर्णतः असफल भएको दाबी गरेको छ।

    यसअघि कुवेतको सेनाले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको र देशको आकाशमा शत्रुतापूर्ण हवाई लक्ष्यहरूलाई इन्टरसेप्ट गरिरहेको बताएको थियो। कुवेत सरकारले आफ्ना नागरिक र त्यहाँ कार्यरत विदेशी श्रमिकहरूलाई मिसाइल वा ड्रोनका अवशेष, छर्राहरू वा शंकास्पद वस्तुहरू नछुन र सुरक्षित रहन आग्रह समेत गरेको छ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology