Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र क्षेप्यास्त्र आक्रमण: केही व्यक्ति घाइते, उडान स्थगन

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र क्षेप्यास्त्र आक्रमण: केही व्यक्ति घाइते, उडान स्थगन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८३ बुधवार • ०६:२६:४५ बजे
  • 880
    SHARES
  • कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन र क्षेप्यास्त्र आक्रमण: केही व्यक्ति घाइते, उडान स्थगन

    कुवेत, ३ जुन २०२६
    कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ (T1) मा बुधबार राति इरानी ड्रोन र क्षेप्यास्त्र प्रहार भएको कुवेत रक्षा मन्त्रालयले पुष्टि गरेको छ । आक्रमणका कारण विमानस्थलमा भौतिक क्षति पुग्नुका साथै केही व्यक्तिहरू घाइते भएका KUNA मा समाचार छ । 

    images

    कुवेत रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलअजीज अल-अतवानका अनुसार आक्रमण इरानी आक्रामकताको हिस्सा हो। आक्रमण लगत्तै सुरक्षा निकाय र उद्धार टोलीले घाइतेहरूलाई उद्धार गरी आवश्यक चिकित्सा सेवा उपलब्ध गराएका छन्। अधिकारीहरूका अनुसार घाइतेहरूको अवस्था सामान्य छ र कुनै मानवीय क्षतिको विवरण आएको छैन ।

    आक्रमणपछि नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले विमानस्थलमा आपतकालीन प्रतिकार्य योजना (Emergency Response Plan) लागू गरेको छ। महानिर्देशनालयका प्रवक्ता अब्दुल्लाह अल-राझीले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने र त्यहाँ अवतरण गर्ने सबै व्यावसायिक उडानहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्। कुवेत आउँदै गरेका उडानहरूलाई छिमेकी देशका वैकल्पिक विमानस्थलहरूमा डाइभर्ट गरिएको छ।

    कुवेती सशस्त्र बलले अन्य सरकारी तथा सुरक्षा निकायहरूसँग मिलेर परिस्थितिको नजिकबाट अनुगमन गरिरहेको रक्षा मन्त्रालयले जनाएको छ। देशको सार्वभौमसत्ता र नागरिकको रक्षाका लागि कुवेती वायु सेना र प्रतिरक्षा प्रणालीलाई पूर्ण सतर्क अवस्थामा राखिएको छ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology