Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेत एयरवेजका सबै उडान अर्को सूचना नभएसम्मका लागि स्थगित

कुवेत एयरवेजका सबै उडान अर्को सूचना नभएसम्मका लागि स्थगित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८३ बुधवार • ०८:१२:२४ बजे
  • 595
    SHARES
  • कुवेत एयरवेजका सबै उडान अर्को सूचना नभएसम्मका लागि स्थगित

    काठमाडौँ - कुवेतको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी 'कुवेत एयरवेज' ले आफ्ना सम्पूर्ण उडानहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।

    images

    देशको नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा बुधबारदेखि लागू हुने गरी यो निर्णय गरिएको कम्पनीले जनाएको छ। विमान कम्पनीका अनुसार वर्तमान परिस्थिति र सुरक्षा मापदण्डलाई उच्च प्राथमिकता दिँदै उडानहरू बन्द गर्ने निर्णय गरिएको हो।

    उडान स्थगनका कारण प्रभावित भएका यात्रुहरूको टिकट पुनः तालिका (Re-schedule) गरिने कम्पनीले स्पष्ट पारेको छ। यात्रुहरूलाई उनीहरूले बुकिङको समयमा उपलब्ध गराएको फोन नम्बर वा इमेलमार्फत नयाँ प्रस्थान समयको जानकारी दिइने कुवेत एयरवेजले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology