कुवेत - कुवेतको हवाइ क्षेत्र (Airspace) अस्थायी रूपमा बन्द भएपछि जजीरा एयरवेज (Jazeera Airways) ले आफ्ना उडानहरूको समय तालिका परिवर्तन (Reschedule) गरेको छ ।
इरानले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ मा ड्रोन र मिसाइल आक्रमण गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कुवेत नागरिक उड्डयन प्राधिकरणले जुन ३, २०२६ देखि लागू हुने गरी सबै व्यावसायिक उडानहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।
जजीराले कुवेती समय अनुसार साँझ ५:०० बजेसम्मका सबै उडानहरू रि-शेड्युल गरिएको छ । कुवेत अवतरण गर्ने तयारीमा रहेका विमानहरूलाई साउदी अरबको दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल लगायतका वैकल्पिक विमानस्थलहरूमा डाइभर्ट गरिएको छ ।
एयरलाइनले प्रभावित यात्रुहरूलाई सिधै सम्पर्क गरी उडानको नयाँ विवरण उपलब्ध गराउने जनाएको छ । नयाँ समय तालिकाको आधिकारिक जानकारी नआएसम्म यात्रुहरूलाई विमानस्थल नलग्न र जजीरा एयरवेजको आधिकारिक वेबसाइट मार्फत आफ्नो उडानको स्थिति जाँच गर्न आग्रह गरिएको छ ।
कुवेतमा कार्यरत नेपाली श्रमिक तथा यात्रुहरूलाई आफ्नो उडान प्रभावित भएको हुन सक्ने भएकाले ट्राभल एजेन्सी वा सम्बन्धित एयरलाइनसँग तत्काल सम्पर्कमा रहन र सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।