Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेत एयरवेजको उडान पुनः सञ्चालन

कुवेत एयरवेजको उडान पुनः सञ्चालन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८३ बुधवार • ०९:४०:०५ बजे
  • 748
    SHARES
  • कुवेत एयरवेजको उडान पुनः सञ्चालन

    कुवेत एयरवेजले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ४ (T4) बाट आफ्ना उडानहरू पूर्ण रूपमा पुनः सञ्चालन गरेको छ । 

    images

    एयरलाइन्सले आवश्यक सुरक्षा तथा प्राविधिक जाँचहरू सफलतापूर्वक सम्पन्न भएपछि उडान सेवा सूचारु गरिएको जनाएको छ। यसअघि केही प्राविधिक कारणवश टर्मिनल ४ मा सुरक्षा जाँचका लागि उडानहरू प्रभावित भएका थिए। 

    विमानस्थल सुरक्षा अधिकारी र प्राविधिक टोलीको गहन निरीक्षणपछि टर्मिनललाई उडानका लागि पूर्ण सुरक्षित घोषित गरिएको हो । टर्मिनल ४ बाट हुने सबै उडानहरू अब आफ्नो नियमित तालिका अनुसार सञ्चालन भइरहेका छन्। यात्रुहरूलाई विमानस्थल प्रस्थान गर्नुअघि आफ्नो उडानको ताजा अवस्था बुझ्न आग्रह गरिएको छ ।

    उडान तालिकाको विवरण कुवेत एयरवेजको आधिकारिक वेबसाइट, मोबाइल एप वा ग्राहक सेवा केन्द्रमार्फत लिन सकिनेछ। एयरलाइन्सले यात्रुहरूको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको र उडान अवरोधका कारण यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी रहेको समेत उल्लेख गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology