Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

इरानी आक्रमणबाट कुवेतमा ६३ घाइते, ७ को ठूलो शल्यक्रिया र १ को मृत्यु

इरानी आक्रमणबाट कुवेतमा ६३ घाइते, ७ को ठूलो शल्यक्रिया र १ को मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८३ बुधवार • १२:०९:५९ बजे
  • 973
    SHARES
  • इरानी आक्रमणबाट कुवेतमा ६३ घाइते, ७ को ठूलो शल्यक्रिया र १ को मृत्यु

    कुवेत-  कुवेतमा मिसाइल तथा ड्रोन आक्रमणमा परी १ जनाको ज्यान गएको छ भने ६३ जना घाइते भएका छन ।

    images

     
    कुवेत स्वास्थ्य मन्त्रालयका अनुसार उक्त आक्रमणमा परी ६३ जना घाइते र  ७ जनाको आकस्मिक रूपमा ठूलो शल्यक्रिया (Major Surgeries) गरिएको छ । आक्रमणमा परी एक जना भारतीय नागरिकको मृत्यु भएको कुवेतस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयले पुष्टि गरेका छन्  । 

    विमानस्थलका कर्मचारी र यात्रुहरू विष्फोट र भवनका भग्नावशेषका कारण  गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूमा टाउकोको चोट, मस्तिष्क रक्तस्राव, हड्डी भाँचिएको र अङ्गभङ्ग भएका बिरामीहरू छन्।

    स्वास्थ्य क्षेत्रमा 'हाई अलर्ट', २५ एम्बुलेन्स परिचालन घटना लगत्तै कुवेत सरकारले देशभरका अस्पताल र आपतकालीन सेवाहरूलाई उच्च सतर्कतामा राखेको छ। उद्धार कार्यका लागि विमानस्थलमा तत्काल २५ वटा एम्बुलेन्स परिचालन गरिएको थियो । घाइतेहरूलाई अल-जहरा, अल-अदान र जाबेर अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology