Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा चेतावनी: युद्ध र साम्प्रदायिक सामग्री सेयर गरे कारबाही हुने

कुवेतमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा चेतावनी: युद्ध र साम्प्रदायिक सामग्री सेयर गरे कारबाही हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०८३ शनिवार • १४:२९:४६ बजे
  • 1.7K
    SHARES
  • कुवेतमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा चेतावनी: युद्ध र साम्प्रदायिक सामग्री सेयर गरे कारबाही हुने

    कुवेत सिटी-  कुवेत सरकारले अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालहरूमा युद्ध, सैन्य गतिविधि र साम्प्रदायिक खलल पुर्याउने सामग्री सेयर नगर्न कडा चेतावनी दिएको छ ।

    images

    गृह मन्त्रालय अन्तर्गतको साइबर अपराध ब्यूरो (Cybercrime Unit) ले  सूचना जारी गर्दै देशको आन्तरिक सुरक्षा र सामाजिक सद्भाव बिगार्ने प्रयास गरे कडा कानुनी कारबाही गरिने स्पष्ट पारेको हो । विशेष गरी मध्यपूर्वी क्षेत्रको संवेदनशील सुरक्षा अवस्था र वर्तमान घटनाक्रमलाई ध्यानमा राख्दै कुवेत सरकारले उक्त कदम चालेको हो ।

    त्यस्तै अनलाइन माध्यममा कुनै पनि युद्ध, मिसाइल आक्रमण, सैन्य अपरेसन वा सुरक्षा फौजको गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियोहरू पोस्ट वा सेयर गर्न पूर्ण रूपमा निषेध गरिएको छ । समाजमा धार्मिक वा साम्प्रदायिक विद्वेष, उत्तेजना, र अराजकता फैलाउने खालका सामग्री लेख्न, बोल्न वा सेयर गर्न पाइने छैन। 

    उक्त निर्देशन उल्लंघन गर्ने नागरिक वा आप्रवासीहरूलाई कुवेती साइबर कानुन अनुसार पक्राउ गरी कडा कानुनी कारबाही चलाइनेछ । देशको राष्ट्रिय सुरक्षा र अखण्डता कायम राख्नका लागि सबै बासिन्दाहरूलाई अफवाहहरूबाट टाढा रहन र जिम्मेवार बन्न आग्रह गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # अन्तराष्ट्रिय
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology