Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सुनको भाउ बढ्यो, चाँदी घट्यो

सुनको भाउ बढ्यो, चाँदी घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८३ मंगलवार • १३:४६:०७ बजे
  • 739
    SHARES
  • सुनको भाउ बढ्यो, चाँदी घट्यो

    मंगलबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँ मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि प्रतितोला सुनको भाउ २ लाख ९८ हजार ५ सय रुपैयाँ तोकेको छ ।

    images

    अघिल्लो दिन २ लाख ९८ हजार २ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ ३ हजार ४ सय रुपैयाँ घटेको छ । गत मंगलबार सुनको भाउ तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।


    त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ५ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९९० रुपैयाँ कायम भएको छ । यसअघि गत मंगलबार चाँदी ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।

  • सम्बन्धित विषय:

  • # बढ्यो सुनको भाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology