Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु

इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ७, २०८३ आइतवार • ०६:३९:२३ बजे
  • 529
    SHARES
  • इजरायली आक्रमणमा अल जजिराका क्यामेरा म्यानसहित ६ जनाको मृत्यु

    गाजा क्षेत्रमा इजरायली हवाई आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । मर्नेमा अल जजिरा समाचार संस्थाका क्यामेरा म्यान अहमद विशाह र कम्तीमा एक बालबालिका पनि छन् । यो जानकारी गाजाका स्वास्थ्य अधिकारी र उद्धारकर्मीहरूले दिएको बीबीसीले बताएको छ । 

    images

    अल जजिराले आफ्नो वक्तव्यमा पत्रकार अहमद विशाहको मृत्युको कडा निन्दा गर्दै यसलाई पत्रकारमाथि गरिएको जघन्य आक्रमण भनेको छ । संस्थाले यो घटनाले पत्रकारलाई निशाना बनाउने र सत्यको आवाज दबाउने क्रम जारी रहेको देखाएको जनाएको छ ।


    तर इजरायली रक्षा बल (बआईडीएफ)ले विशाह पत्रकार नभई हमासको सैन्य शाखासँग आबद्ध स्नाइपर भएको दाबी गरेको छ । आईडीएफले हालैका महिनाहरूमा उनले इजरायली सैनिकविरुद्ध स्नाइपर आक्रमणको योजना बनाएको आरोप लगाए पनि त्यसको सार्वजनिक प्रमाण भने प्रस्तुत गरेको छैन । शनिबार मध्य गाजास्थित बुरेज शरणार्थी शिविर मा रहेको एक घरमा गरिएको आक्रमणमा अहमद विशाहसहित तीन जनाको मृत्यु भएको स्थानीय अस्पताल र उद्धार निकायले जनाएको छ । आईडीएफले त्यहाँ मारिएका अन्य दुई व्यक्ति पनि हमाससँग सम्बन्धित रहेको दाबी गरेको छ ।


    अहमद विशाहका दाजु मोहम्मद विशाह पनि अल जजिराका संवाददाता थिए । अप्रिल महिनामा इजरायली आक्रमणमा उनी मारिएका थिए । त्यतिबेला पनि आईडीएफले उनलाई हमासको हतियार उत्पादन इकाइसँग सम्बन्धित भएको आरोप लगाएको थियो । यसैबिच गाजा सहरको साब्रा क्षेत्र मा राति गरिएको अर्को आक्रमणमा एउटै परिवारका चार सदस्यको मृत्यु भएको छ । शिफा अस्पताल का अनुसार मृतकमध्ये दुई बालबालिका थिए । चिकित्सकहरूले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार मृतकमध्ये दुई महिला र एक बालक पनि रहेका थिए


    गत अक्टोबरदेखि लागू भएको युद्धविरामपछि पनि इजरायल र हमासले एक अर्कामाथि सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता इजरायली सैन्य कारबाहीमा १ हजार ००७ जनाको मृत्यु भइसकेको छ । 


    युद्धविराम सम्झौताले गाजामा ठुलो मात्रामा मानवीय सहायता पुर्‍याउने प्रतिबद्धता पनि गरेको थियो । तर विभिन्न सहायता संस्थाहरूले अझै पर्याप्त राहत सामग्री नपुगेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # ६ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology