Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १५, २०८३ सोमवार • १०:३०:४० बजे
  • 565
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो

    सोमबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँ तथा चाँदी १५ रुपैयाँ घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


    एक साताको अवधिमा सुनको भाउ ६ हजार ३ सय रुपैयाँ घटेको छ । गत सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदी आज तोलामा १५ रुपैयाँ घटेसँगै ४ हजार ३१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ४ हजार ३२५ रुपैयाँ थियो भने  गत सोमबार ४ हजार ७३० रुपैयाँ थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology