Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८३ आइतवार • १२:१०:१७ बजे
  • 220
    SHARES
  • सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो

    आइतबार (नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको हो।

    images

    त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो। त्यसदिन १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ३ सय ४० रुपैयाँ थियो।

    यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँ तथा १० ग्राम ३ हजार ७ सय ३८ रुपैयाँ कायम भएको थियो।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology