Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

केन्द्रीय नेताको उपस्थितिमा प्रवासी नेपाली मञ्च कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन अगस्ट २१ मा हुने

केन्द्रीय नेताको उपस्थितिमा प्रवासी नेपाली मञ्च कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन अगस्ट २१ मा हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २०, २०८३ बुधवार • ०९:५७:४२ बजे
  • 910
    SHARES
  • केन्द्रीय नेताको उपस्थितिमा प्रवासी नेपाली मञ्च कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन अगस्ट २१ मा हुने

    कुवेत - प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहित र संगठन सुदृढीकरणलाई प्राथमिकता दिँदै प्रवासी नेपाली मञ्च कुवेतले आफ्नो पाँचौँ राष्ट्रिय अधिवेशन आयोजना गर्ने भएको छ। आयोजकका अनुसार आगामी अगस्ट २१ मा हुने उक्त अधिवेशन केन्द्रीय नेताको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

    images

    अधिवेशनको तयारीबारे जानकारी दिँदै मञ्चका सचिव शंकर पौडेलले कुवेतमा कार्यरत तथा बसोबास गर्ने एमालेप्रति आस्थावान् सम्पूर्ण नेपाली श्रमिक एवं समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी भई अधिवेशनलाई ऐतिहासिक रूपमा सफल बनाउन हार्दिक आग्रह गर्नुभएको छ।

    नेपाली प्रवासी समुदायमा मञ्चले स्थापनाकालदेखि नै साङ्गठनिक तथा सामाजिक भूमिका खेल्दै आएको छ। मञ्चको इतिहासमा संस्थापक अध्यक्षले तीन कार्यकाल तथा वर्तमान अध्यक्षले एक कार्यकाल सफलतापूर्वक नेतृत्व सम्हालिसकेका छन्। लामो अनुभव र साङ्गठनिक जगमा उभिएको यसपटकको अधिवेशनबाट विशेष गरी नयाँ तथा युवा नेतृत्वको उदय हुने अपेक्षा गरिएको छ।

    प्रवासमा रहेका नेपाली श्रमिकहरूले भोग्दै आएका समस्या, रोजगारीका चुनौती तथा अधिकारका विषयमा मञ्चले निरन्तर ध्यान आकर्षण गराउँदै आएको छ। यस अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै प्रवासी नेपालीका मुद्दाहरूलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने रणनीति तय गर्ने विश्वास लिइएको छ।

    आयोजक समितिले अधिवेशनलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न कुवेतस्थित सम्पूर्ण नेपाली सदस्य, शुभेच्छुक तथा समर्थकहरूलाई सक्रिय सहभागिताका लागि अपिल गरेको छ। युवा नेतृत्वको सम्भावना र केन्द्रीय नेतृत्वको उपस्थितिले गर्दा यस अधिवेशनलाई कुवेतस्थित नेपाली समाजमा विशेष चासोका साथ हेरिएको छ।केन्द्रीय नेताको उपस्थितिमा प्रवासी नेपाली मञ्च कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन अगस्ट २१ मा हुने

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology