Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कर्णाली प्रदेश नेकपा संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त

कर्णाली प्रदेश नेकपा संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २७, २०७७ मंगलवार • १४:३७:०० बजे
  • 2.2K
    SHARES
  • कर्णाली प्रदेश नेकपा संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त
    सुर्खेत — कर्णाली प्रदेश नेकपा संसदीय दलको सचेतकमा कुर्मराज शाही नियुक्त भएका छन् । दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले मंगलबार उक्त पदमा नियुक्त गरेका हुन् । 

    सचेतकमा नियुक्त शाही अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गर्नेमध्येका एक हुन् । उनी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसद हुन् । उनको नियुक्तिसँगै अविश्वासको प्रस्तावमा नेपाल पक्षीय सांसद पछि हटेको संकेत मिलेको छ । यसबाट कर्णाली प्रदेशका सत्ता–समीकरणमा पनि परिवर्तन हुने नेकपा निकट एक नेताले बताए ।

    मुख्यमन्त्री शाहीले आइतबारमात्र प्रमुख सचेतक रहेका कँडेल पक्षका गुलाबजंग शाहीलाई पदमुक्त गरी उक्त स्थानमा सीता नेपालीलाई जिम्मेवारी दिएका थिए । नेपाली यसअघि सचेतक थिइन् ।

    विवाद समाधानमा सक्रिय नेपालका पक्षका संघीय सांसद ध्रुवकुमार शाहीले अविश्वासको प्रस्ताव प्रक्रिया अघि नबढ्ने गरी समाधानको पहल भइरहेको बताए ।



    अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका १८ जनामध्ये ७ जना नेपाल पक्षका, ८ जना अध्यक्ष केपी ओली पक्षका र ३ जना अध्यक्ष पुष्पकमल दाहाल पक्षका रहेका छन् । भूमि व्यवस्था तथा कृषिमन्त्रीसमेत रहेकी पूर्वमाओवादी समूहकी विमला केसीले दाहाल पक्षका ३ जनाले पनि हस्ताक्षर फिर्ता लिनेबारे छलफल भइरहेको बताइन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology