Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

ओली-प्रचण्ड भेटवार्ता : कर्णाली प्रदेशका सबै पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाउने निर्णय

ओली-प्रचण्ड भेटवार्ता : कर्णाली प्रदेशका सबै पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाउने निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७७ मंगलवार • १९:२२:५१ बजे
  • 1.8K
    SHARES
  • ओली-प्रचण्ड भेटवार्ता : कर्णाली प्रदेशका सबै पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाउने निर्णय

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशमा देखिएको विवादबारे छलफल गर्न प्रदेश कमिटीका सबै पदाधिकारीलाई काठमाडौँ बोलाएको छ । त्यस्तै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि काठमाडौं बोलाइएको छ ।

    images

    अध्यक्षद्धय केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा पार्टीका कर्णाली प्रदेशका सबै पदाधिकारी र मुख्यमन्त्रीलाई काठमाडौं बोलाउने निर्णय भएको छ । उनीहरुलाई बिहीबारभित्र काठमाडौं आउन पत्र पठाइएको एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।

    ओली प्रचण्ड भेटवार्तामा आज महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मापनि सहभागी थिए ।

    शर्मा नेकपा कर्णाली प्रदेशका इन्चार्ज हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कंडेल सहइन्चार्ज हुन् । नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मालगायतलाई पनि काठमाडौं बोलाइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology