Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

३ मन्त्री थप्ने प्रधानमन्त्रीको तयारी

३ मन्त्री थप्ने प्रधानमन्त्रीको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २८, २०७७ बुधवार • १४:०२:३० बजे
  • 1.0K
    SHARES
  • ३  मन्त्री थप्ने प्रधानमन्त्रीको तयारी

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटवार्तामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एक दुईदिनमै तीनजना मन्त्री थप्ने विषयमा प्रचण्डसँग सल्लाह गरेको बालुवाटार स्रोतले जनाएको छ ।

    images

    प्रचण्ड निकट स्रोतले अनुसार पार्टीमा देखिएको विवाद, पार्टी एकताका बाँकी काम र मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल भए पनि कुनै पनि कुरामा सहमति नभएको जनाएको छ । भेटवार्तामा तत्कालका लागि तीनजनालाई मन्त्री थपेर जाने र दसैँ तिहारपछि मात्रै पुनर्गठन गर्ने ओलीले प्रस्ताव गरेका स्रोतको भनाइ छ ।

    नेकपा अध्यक्षद्वयबीच पटक पटक छलफल भए पनि मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुट्न सकेको छैन । ओलीले पुनर्गठन हुने सबैजनाको नाम आफूले टुंगो लगाउनु पर्ने बताएका छन् भने प्रचण्डले पार्टीको सहमति अनुसार नै जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् ।

    प्रधानमन्त्री निकट स्रोतका अनुसार अर्थ, सञ्चार र सहरी विकास मन्त्रालयमा तत्काल मन्त्री थप्ने गृहकार्य अन्तिम चरणमा पुगेको छ । अर्थमा महासचिव विष्णु पौडेल हुनेमा लगभग अध्यक्षद्वयबीच सहमति भएको छ । तर, अन्य व्यक्तिका विषयमा सहमति जुट्न सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology