Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

केपी ओलीले नेकपा एमाले दर्ता गर्नुभयो छानविन गर्नुपर्छ: वामदेव गौतम

केपी ओलीले नेकपा एमाले दर्ता गर्नुभयो छानविन गर्नुपर्छ: वामदेव गौतम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • ०८:२९:१० बजे
  • 2.9K
    SHARES
  • केपी ओलीले नेकपा एमाले दर्ता गर्नुभयो  छानविन गर्नुपर्छ: वामदेव गौतम

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले केपी शर्मा ओलीकै निर्देशनमा निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता भएको बताएका छन् ।

    images

    बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीबाट भएका क्रियाकलापको छानविन हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, 'नेपाली कम्युनिष्ट आन्दोलनविरुद्ध र पार्टी एकताविरुद्ध जाने उहाँको यो कदमको पार्टीले छानविन गर्नुपर्छ । उहाँकै निर्देशनमा दर्ता भएको हो । म जानकार छु ।;

    उपाध्यक्ष गौतमले मदन जयन्तीको दिन दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताए । उनले भने, 'प्रधानमन्त्री भएर जुन खालको अभिव्यक्ति दिनुभयो त्यो गलत छ । त्यसैले उहाँले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्छ । बलजफ्ती गर्न मिल्दैन ।'

    प्रधानमन्त्री अ‍ोलीले पदीय मर्यादा, पार्टीको प्रतिष्ठा र देशकै प्रतिष्ठामा खेलवाड गरेको आरोप गौतमले लगाएका छन् 

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology