Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पर्वतको जलजला गापाका अध्यक्ष रामकृष्णलाई कोरोना पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द

पर्वतको जलजला गापाका अध्यक्ष रामकृष्णलाई कोरोना पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २८, २०७७ बुधवार • १७:३७:५१ बजे
  • 1.7K
    SHARES
  • पर्वतको जलजला गापाका अध्यक्ष रामकृष्णलाई कोरोना पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द
    पर्वत । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ ।

    अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङको परिणाम नआएसम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको छ ।

    विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गर्नुभएको छ । अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो । अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

    नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहनुभएका मल्लमा कोरोना पुष्टि भएपछि काँग्रेसले पर्वतले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ । जिल्ला सभापति खिमप्रसाद भुसालले कोरोना नियन्त्रणमा अहोरात्र खटिरहेको बेला सङ्क्रमण पुष्टि भएको भन्दै स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

  • सम्बन्धित विषय:

  • # जलजला गाउँपालिका
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology