Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

ओलीले एकलौटी आफू निकटकालाई मन्त्री बनाए पछि,नेकपा भित्र फेरी नयाँ विवाद सिर्जना

ओलीले एकलौटी आफू निकटकालाई मन्त्री बनाए पछि,नेकपा भित्र फेरी नयाँ विवाद सिर्जना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २९, २०७७ बिहिवार • ११:२९:०२ बजे
  • 1.4K
    SHARES
  • ओलीले एकलौटी आफू निकटकालाई मन्त्री बनाए पछि,नेकपा भित्र फेरी नयाँ विवाद सिर्जना
    प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले पार्टी एकता गर्दाका प्रतिवद्धता विपरीत ओलीले एकलौटी निर्णय गर्दै गए पछि प्रचण्डले माधव नेपाल पक्षसगँ मिलेर ओलीको दुबै पदबाट राजीनामा मागे पछि असारदेखि पार्टी अनिर्णयको बन्दी बनेको थियो ।

    अहिले पार्टी निर्णय विपरीत कदम चाल्ने,  कर्णालीमा अविस्वासको प्रस्ताव दर्ता गराउने जस्ता कार्यबाट असन्तुष्ट बनेका प्रचण्ड तीन जना मन्त्री आफू निकटकालाई मात्रै नियुक्त गरे पछि थप चिढिएका छन् ।तर भदौमा फेरी मन्त्रीमण्डल हेरफेर, पार्टी एकतालाई पूर्णता दिने जस्ता विषयमा सहमति भएको एक महिना वित्न नपाउदै ओलीले फेरी एकलौटी गर्न थाले पछि प्रचण्ड चिढिएका हुन् ।

     ओलीले  नियुक्त गरेका तीन मन्त्री विष्णु पौडेलको विषयमा प्रचण्डले सहमति दिएको भए पनि अन्य मन्त्री कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठका बारेमा सहमति नभएको निकटका नेताहरुलाई बताएका छन् ।

    ओलीले एक पछि अर्को पार्टी निर्णय विपरीत कदम चाल्दै गएको र मन्त्रीमण्डल हेरफेरमा पनि कुनै सहमति र म्यान्डेट विपरीत भएको भन्दै माधव नेपाल पक्ष पनि असन्तुष्ट बनेको छ ।यसले नेकपा भित्र फेरी नयाँ विवाद सिर्जना हुने देखिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology