Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दाहालले मागे राजिनामा, ओलीले भने, ‘यो कुण्ठा हो

दाहालले मागे राजिनामा, ओलीले भने, ‘यो कुण्ठा हो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • ०८:३४:४९ बजे
  • 2.0K
    SHARES
  • दाहालले मागे राजिनामा, ओलीले भने, ‘यो कुण्ठा हो

    सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हाकाहाकी राजीनामा मागे । प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले भने, ‘यो कुण्ठा र पूर्वाग्रह हो ।’

    images

    प्रधानमन्त्रीले आफूलाई सरकारबाट हटाउने खेलमा भारत लागिपरेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको दुई दिनअघि अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर दाहालले भने, ‘दिल्लीले होइन, मैले मागेको हो राजीनामा ।’

    ‘पार्टीका नेताहरू कुण्ठा पालेर अत्यन्तै पूर्वाग्रही भएर हिँड्न थाल्नु भएको छ । सरकारलाई घेराबन्दी गर्नु, काम गर्न नदिर्नु पार्टी नेताहरूको पूर्वाग्रह हो’, ओलीको जवाफ थियो, ‘सरकारले के कति काम गरेको छ म फेहरिस्त राख्न सक्छु । पूर्वाग्रह राख्ने काम नेताहरूले गर्नु हुँदैन ।’

    दाहाललाई वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका थिए । उनीहरूले पनि प्रधानमन्त्री ओलीले सरकार र पार्टीका दुवै नेतृत्व नैतिकताका आधारमा छोड्नुपर्ने माग राखे । दुई दिन वि श्राम लिएर पार्टी बैठकमा सहभागी हुन निर्धारित समयमै मंगलबार बिहान ११ बजे स्थायी समिति सदस्यहरू बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओली भने बैठक सुरु नगरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गए । झन्डै ४५ मिनेटपछि मात्र उनी बालुवाटार फर्के । र, बैठक सुरु भयो । अघिल्ला बैठकमा भन्दा फरक नेताहरूको कुर्सी स्थायी समितिका सदस्य बसेकै मञ्चको तल्लो लहरमा झारिएको थियो ।

    बैठक सुरु गर्दै अध्यक्ष दाहालले सुरुमा आफूलाई भूमिकाविहीन बनाइएको गुनासोे गरे । ‘मंसिर ४ मा मलाई कार्यकारी अधिकार दिने भनेर निर्णय गरियो । त्यसपछि सचिवालय बैठक बसियो । केन्द्रीय समितिको बैठक पनि बसियो । त्यसपछि भने पार्टी ठीक ढंगले अगाडि बढ्न सकेन । बैठक नबस्ने, बैठकप्रति नै अरुचि राख्ने काम प्रधानमन्त्रीले गर्न थाल्नुभयो । यस्तो किन भइरहेको छ ?’ उनले भने, ‘पार्टीका कामहरू अगाडि बढ्न नदिने, सरकारका कामहरू पनि स्वेच्छाचारितामा प्रधानमन्त्रीले गर्ने अवस्था मात्रै रह्यो । मलाई प्रधानमन्त्रीले भूमिकाविहीन बनाउन खोज्नुभयो ।’

    एक स्थायी समिति सदस्यका अनुसार, त्यसपछि उठाए, प्रधानमन्त्री ओलीले १४ असारमा मदन भण्डारी जन्म दिवसका दिन बोलेका अभिव्यक्तिका विषय । ‘प्रधानमन्त्रीले के बोल्नुभयो, भारतले सरकार हटाउन लागेको छ । नेपालकै नेताहरू यसमा लागेका छन् । भारतले हटाउन खोजेका भन्ने कुरा गम्भीर छ । यो झुटो प्रचारबाजी मात्र हो,’ दाहालले भने, ‘हो भने यो खेलमा को–को लागेको हो ? प्रधानमन्त्रीले ती नेताहरूका विषयमा बताउनु पर्‍यो ।

    साँच्चै त्यस्तो हो भने पार्टी एक ढिक्का भएर लड्नु पर्नेमा किन बाहिर बोल्नुभयो ? यस विषयमा प्रधानमन्त्रीले स्पष्टीकरण दिनुपर्‍यो ।’ त्यही सन्दर्भमा उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् । ‘अब तपाईंबाट पार्टीको नेतृत्व पनि चल्दैन, सरकार पनि चल्दैन । राजीनामा दिनुहोस् भनेर मैले वैशाख १७ गतेको सचिवालय बैठकमै भनेको हो । तपाईंले राजीनामा दिनु भएन । त्यो बेला नक्सा त आएको थिएन नि । अनि अहिले त्यस्तो कुरा गर्ने ?’ दाहालले भने ।

    अघिल्लो पालि पनि प्रधानमन्त्रीलाई भारतले नभई आफूहरूसँगको सहमति तोडेकाले हट्नु परेको दाहालको भनाइ थियो । नक्सा सार्वजनिक गर्ने काम कुनै व्यक्तिको मात्र निर्णय र आँट नभएर पार्टी बैठकको निर्देशनका आधारमा भएको दाहालको भनाइ थियो । दाहाल कडा रूपमा प्रस्तुत भएपछि प्रधानमन्त्रीले कडै रूपमा जवाफ दिए ।

    घटनाहरू भएकै छन् । भारतले हस्तक्षेप गर्‍यो भन्दा टाउको दुखाउनुपर्ने किन ? होटलहरूमा चलखेलहरू भइरहेका छन् । त्यो मलाई थाहा छ । सबै कुरा किन बताइरहनु पर्‍यो’, प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरू र भारतीय मिडियाका शैली मिलेको छ । यहाँ तपाईंहरू गुटबन्दी गर्नुहुन्छ । उताका मिडिया प्रचण्डको नेतृत्वमा सरकारविरुद्ध मोर्चाबन्दी भनेर समाचार दिन्छन् । मैले भनिरहनु पर्दैन ।’ उनले आफूले जे जति गरेको छु, त्यो राष्ट्रकै हितका लागि गरेको बताएका थिए ।

    करिब २० मिनेट मात्र बोलेका प्रधानमन्त्री ओलीले दाहालले पार्टीमा कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्न नपाएको भनी गरेको गुनासोमा पनि बोले । ‘पार्टी सचिवालय बैठकले माइन्युट गरेकै छ । कार्यकारी अध्यक्ष भनिएकै छ । अनि किन मन खुम्चाउनु ?’ उनले भने, ‘एकताका काम अगाडि बढाएको भए भइहाल्थ्यो । किन रोकिनु पथ्र्यो ? यसमा मैले कहिले नाइँनास्ती गरेको छु ? उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology