Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङ क्षेत्र नं १ अन्तर्गत ७ सयभन्दा बढी घरका खरका छाना विस्थापित गरिने

बागलुङ क्षेत्र नं १ अन्तर्गत ७ सयभन्दा बढी घरका खरका छाना विस्थापित गरिने

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २९, २०७७ बिहिवार • १७:५४:२९ बजे
  • 1.5K
    SHARES
  • बागलुङ क्षेत्र नं १ अन्तर्गत  ७ सयभन्दा बढी घरका खरका छाना विस्थापित गरिने
    बागलुङ क्षेत्र नं १ अन्तर्गत रहेका ४ पालिकाकाका ७ सयभन्दा बढी घरका खरका छाना विस्थापित गरिने भएको छ ।

    संघीय सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ७ सय ६४ घरमा रहेका खरका छाना विस्थापित गरी जस्तापाताले घर छाइने भएको हो ।

    खरको छाना विस्थापित हुँदा हरेक वर्ष छाउनुपर्ने समस्याको अन्त्य र आगलागीका घटनामा समेत कमी ल्याउन मद्दत पुग्नेछ ।

    स्थानीय सरकारले शुरु गरेको खरको छानामुक्त गर्ने अभियानलाई सकारात्मक कदमका रूपमा लिइँदै आइएको छ ।

    स्थानीय तहले खरका छाना विस्थापित गर्ने कार्यक्रम ल्याए पनि थोरै बजेटका कारण पालिकाका सबै खरका छाना विस्थापित गर्न नसकिएका कारण संघीय सरकारले आगामी २ वर्षभित्रमा खरका छाना विस्थापित गर्ने गरी कार्यक्रम स्वीकृत गरेको संघीय सांसद तथा सुरक्षित नागरिक आवास समन्वय समिति बागलुङका संयोजक डा सूर्य पाठकले जानकारी दिए ।

    स्थानीय तहले संकलन गरेको खरका छानाको संख्याका आधारमा कार्यक्रम स्वीकृत भएर आएको डा. पाठकको भनाइ छ ।

    ‘अबको २ वर्षभित्र सक्ने गरी क्षेत्र नं १ का सबै खरका घरमा जस्ता लाइनेछ,’ सांसद पाठकले भने, ‘खरका छानामुनि बस्नुभएका नागरिकलाई सुरक्षित आवासका लागि स्थानीय तहको संयोजनमा संघीय सरकारले काम थालेको हो ।’

    डा. पाठकका अनुसार ७ सय ६४ घरका लागि प्रतिपरिवार ५० हजार बराबरको जस्तापाता उपलब्ध गराइनेछ ।

    जसका लागि बागलुङ क्षेत्र नम्बर १ मा मात्रै ३ करोड ८२ लाख खर्च गरिनेछ ।

    यसवर्ष नै अधिकांश घरमा रहेको खरको छाना विस्थापित गरिने भए पनि छुट भए अर्को वर्ष यस क्षेत्रलाई खरको छानामुक्त गरिनेछ ।

    स्थानीय सरकारले गर्दै आएको कामलाई संघीय सरकारले निरन्तरता दिएकाले नागरिकले छिट्टै खरको छानामुक्त घर पाउने बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।

    खरको छाना विस्थापित हुनेमा बागलुङ नगरपालिकामा १६४, जैमिनी नगरपालिकामा २३०, बरेङ गाउँपालिका ९६ र काठेखोला गाउँपालिका १७४ घर छन् ।

    स्थानीय तहले आफ्नो पालिकामा विस्थापित गर्न बाँकी रहेका खरको छाना भएको घरको विवरण संघीय सरकारलाई पेश गरेपछि कार्यक्रम स्वीकृत भएर आएको हो ।

    यस्तै बढी मात्रामा खरका छानासहितको घर भएको जैमिनी नगरपालिकामा सङ्घीय सरकारले विषेश अनुदानमार्फत १ करोड २० लाख बजेट स्वीकृत भएर आएको सांसद पाठकले जानकारी दिए ।

    गरिबीका कारण खरका छाना हटाउन नसकेका स्थानीयवासीलाई सरकारले खरको छानामुक्त गर्ने योजना ल्याए विपन्न समुदायलाई राहत हुनेछ ।

    नागरिकको सुरक्षित आवास भए मात्रै अन्य विकास गर्न सकिन भएकाले खरका छानामुक्त गर्ने अभियान चलाइएको हो ।

  • सम्बन्धित विषय:

  • # खरका छाना विस्थापित
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology