Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

विप्लवप्रति गृहमन्त्री वादल फेरी आक्रामक

विप्लवप्रति गृहमन्त्री वादल फेरी आक्रामक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७७ शुक्रवार • १६:०७:४० बजे
  • 1.2K
    SHARES
  • विप्लवप्रति गृहमन्त्री वादल फेरी आक्रामक
    १० वर्षे जनयुद्ध देखि ७० सालको निर्वाचन बहिष्कारसम्म सगैँ काम गरेका नेत्र विक्रम चन्द विप्लवप्रति अहिलेका गृहमन्त्री राम बहादुर थापाले कडा रबैया अपनाएको यस अघि पनि आलोचना हुँदै आएको थियो । ०७५ साल फागुण २८ गतेदेखि चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध गरेर सो पार्टीका नेता कार्यकर्तालाई गिराफ्तार गर्ने, ईन्काउन्टरमा कुमार पौडेल सहित तीन जना कार्यकर्ताको हत्या गरेको भन्दै बिरोध हुदै आएको छ ।


    औपचारीक युद्ध या शसस्त्र संघर्षको घोषणा नगरेको अवस्थामा पनि प्रतिवन्ध सहित धरपकड गरीरहेको गृहप्रशासनले फेरी थप कुनै सम्झौता नगरी कडा कार्बाही गर्ने निर्देशन गृहमन्त्री बादलबाट पाएको छ ।६५ औं प्रहरी दिवसका अवसरमा आज प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले विप्लवको नामै नलिईकन भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोधको प्रयास गरेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता नगर्ने भन्दै चेतावनी दिए ।


    हालै विभिन्न साना दलहरुले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध फिर्ता हुनु पर्ने लगायतका माग राखेका थिए ।
    नेकपाले प्रतिवन्ध खारेज हुनु पर्ने लगायतका माग राखि निरन्तर संघर्ष जारी राख्ने पटक पटक घोषणा गर्दै आएको छ ।
    यस्तो अवस्थामा गृहमन्त्रीबाट ठाँउ ठाँउमा र पटक पटक आउने कडा अभिव्यक्तिलाई आलोचकहरुले सत्ताको नुनको सोझो गरेको अर्थमा पनि टिप्पणी गर्ने गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology