Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वप्रधानमन्त्रीले ९ अर्ब लिएको आरोप सत्य हैनः प्रधानमन्त्री ओली

पूर्वप्रधानमन्त्रीले ९ अर्ब लिएको आरोप सत्य हैनः प्रधानमन्त्री ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०७७ शुक्रवार • १६:११:३५ बजे
  • 2.8K
    SHARES
  • पूर्वप्रधानमन्त्रीले ९ अर्ब लिएको आरोप सत्य हैनः प्रधानमन्त्री ओली
    प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुले ९ अर्ब कमिसन खाएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् । गलत सूचना दिएर गैर जिम्मेवार नवन्न पनि उनले नाम आग्रह गरेका छन् ।

    केही दिन अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गोरखामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्धय शेर बहादुर देउवा र प्रचण्डले मिलेर ९ अर्ब कमिसन खाएको दाबी गरे पछि प्रधानमन्त्रीको यो भनाई आएको हो ।
    यस अघि नेकपा र काँग्रेसले अलग अलग विज्ञप्ति जारी गरेर यसको खण्डन गर्नै प्रमाणित गर्न चुनौती दिएका थिए ।

    नेपाल प्रहरीको ६५औं स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही गैरजिम्मेवार तत्वले गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेको प्रधानमन्त्रीले बताए ।
    बूढीगण्डकी आयोजनामा अर्बौं भ्रष्टाचार भयो भनेर देश र जनतालाई गलत सूचना दिएर भड्काएर गलत बाटोमा लैजाने कुचेष्टा भएको भन्दै नामै नलिईकन भट्टराईलाई गैर जिम्मेवार तत्वको रुपमा टिप्पणी गरे ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेपाल
  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology