Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९९४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • ११:२३:२९ बजे
  • 1.5K
    SHARES
  • गण्डकी प्रदेशमा कोरोना संक्रमितको  संख्या ९९४ पुग्यो

    गण्डकी प्रदेशमा थप २८ नयाँ कोरोना संक्रमित थपिएसँगै कुल संख्या ९९४ पुगेको छ । कोरोना संक्रमण नवलपुर जिल्लामा १२, गोरखा जिल्लामा ३, कास्की जिल्लामा १, स्याङ्जा जिल्लामा ८, बागलुङ जिल्लामा ३ र तनहूँ जिल्लामा १ जना गरि कुल २८ जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

    images

    आज थपिएका कोरोना संक्रमितमध्ये नवलपुरको बुलिङटारमा २ जना पुरुष, गैंडाकोट ८ जना पुरुष र २ जना महिला गरी १२ संक्रमित थपिएका छन् । यसैगरि, गोरखामा थपिएका संक्रमित शहिद लखनमा ३० वर्षीया एक महिला, बारपक सुलिकोटमा २ जना पुरुष गरी ३ जना छन् । कास्कीको पोखरा महानगरपालिकामा १ जना पुरुष । स्याङ्जा वालिङमा एक पुरुष र एक महिला, पुतलीबजारमा एक पुरुष, भीरकोटमा ४ पुरुष एक महिला गरि ८ जना संक्रमित थपिएका छन् ।

    बागलुङको काठेखोलामा एक महिला र बडिगाडमा २ महिला गरि ३ जना र तनहूँको शुक्लागण्डकीमा एक महिला कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । संक्रमित २८ को स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षय रोग केन्द्र पोखरामा गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology