Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मन्त्रीलाई कोरोना पुष्टि

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री चौधरीलाई कोरोना पुष्टि

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री चौधरीलाई कोरोना पुष्टि

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक १, २०७७ शनिवार • ११:४३:२६ बजे
  • 2.0K
    SHARES
  • लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री चौधरीलाई कोरोना पुष्टि
    बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    मन्त्री चौधरीसँगै उनकी श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको मन्त्री चौधरीले जनाएका छन् । संक्रमण देखिएपछि आफू सरकारी निवासमै आइसोलेसनमा रहेको र रुघाबाहेक अन्य स्वास्थ्य समस्या नरहेको मन्त्री चौधरीले जनाएका छन् । अन्य ४ जनालाई भने कुनै लक्षण नदेखिएको मन्त्री चौधरीले बताए ।

    मन्त्री चौधरीले सामाजिक सन्जाल फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन् । मन्त्री चौधरीले आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह समेत गरेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology