Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राजनीति

ओलीले बालुवाटार बोलाउँदा प्रचण्डले गरे अस्वीकार

ओलीले बालुवाटार बोलाउँदा प्रचण्डले गरे अस्वीकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७७ शनिवार • १३:१४:३१ बजे
  • 1.5K
    SHARES
  • ओलीले बालुवाटार बोलाउँदा प्रचण्डले गरे अस्वीकार

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको दूरी बढेको छ । कर्णाली प्रकरण र मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयले अध्यक्षद्वयबीच दूरी बढेको हो ।

    images

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आज बिहान कर्णाली प्रदेशका नेकपा पदाधिकारीसँग छलफल गरेका छन् । उक्त छलफलका लागि ओलीले प्रचण्डलाई बोलाए पनि प्रचण्डले निम्तो अस्वीकार गरेका छन् ।

    स्रोतका अनुसार कर्णालीका नेकपा पदाधिकारीसँग छलफलका लागि ओलीले बालुवाटार बोलाउँदा प्रचण्डले भने, ‘मैले उहाँहरुसँग दुई दिन छलफल गरिसकेको छु । म आउँदिन्, तपाईँले उहाँहरुका कुरा सुन्नुस्, त्यसपछि हामी बसौँला ।’

    बिहीबारसम्म काठमाडौं आउन निर्देशन दिएपछि काठमाडौं आएका कर्णालीका नेताहरुले यसअघि पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाललगायतका नेतासँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

    कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा ओली निकट यामलाल कंडेल नेतृत्वमा अविस्वासको प्रस्ताव दर्ता भएको थियो । त्यसपछि प्रचण्ड र नेपाल निकट नेताहरुले आपसी सहमति गरिसकेपछि अध्यक्षद्वयले पार्टीका पदाधिकारीलाई काठमाडौं बोलाइएको थियो । म

    मुख्यमन्त्री शाहीसहित, नेकपा कर्णाली प्रदेशका अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश सहइन्चार्ज यामलाल कंडेल, प्रमुख सचेतकबाट निलम्बनमा परेका गुलाबजंग शाह, प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, मन्त्री प्रकाश ज्वाला, चन्द्रबहादुर शाहीलगायतका नेताहरु काठमाडौं आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology