Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७७ शनिवार • १३:१७:५१ बजे
  • 1.5K
    SHARES
  • भारतमा कोरोना भाइरस संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

    सिन्ह्वा । भारतमा शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ ।

    images

    शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना संक्रमित संख्या ७४ लाख ३२ हजार ६ सय ८० भएको छ । यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १३ हजार ३२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा गत २४ घण्टामा ६५ हजार १ सय २६ जनामा थप संक्रमण देखिएको र कोरोना स.क्रमणको कारण ८ सय ८२ जनाको मृत्यु भएको छ ।

    अझै पनि भारतभरि ७ लाख ९५ हजार ५३ व्यक्ति संक्रिय संक्रमित रहेका छन् । कोरोनाको संक्रमण देखा परेयता हालसम्म ६५ लाख २४ हजार ५ सय ९५ जना संक्रमित व्यक्तिहरु कोरोना भाइरसमुक्त भएका छन । संक्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

    कोरोनाको संक्रमण देखा परेयता भारतमा ९ करोड ३२ लाख ५४ हजार १७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

    जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ , ।

    विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा तीन करोड ९५ लाख ९६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कूल संक्रमितमध्ये दुई करोड ९६ लाख ६१ हजार ७ सय ६५ जना संक्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology