Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्थायी कमिटी बुधबारको बैठकमा पनि मागे ओलीको राजीनामा

स्थायी कमिटी बुधबारको बैठकमा पनि मागे ओलीको राजीनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • १४:१२:१५ बजे
  • 1.6K
    SHARES
  • स्थायी कमिटी बुधबारको बैठकमा पनि मागे ओलीको राजीनामा

    स्थायी कमिटीको बुधबारको बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग उठेको छ। बालुवाटारमा करिब एक घण्टा चलेको स्थायी कमिटीको बैठकमा सरकार र पार्टी नेतृत्व असफल भएको भन्दै नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन्।

    images

    एक स्थायी कमिटी सदस्यका अनुसार बुधबार बोल्ने पाँच जना सदस्यमध्ये मातृका यादले सबैभन्दा जोडदाररुपमा प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए। यादवले ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने बताएका थिए। पेशल दाहाल र लिलामणि पोखेरलले भने सरकारको नेतृत्व असफल भएको भन्दै त्यसप्रति जिम्मेवारी लिनुपर्ने बताएका थिए।

    ‘मातृकाले स्पष्टसँग राजिनामा दिनुपर्ने बताउनु भएको थियो भने केहीले जिम्मेवारी लिनुपर्छ भनेर घुमाउरो रुपमा कुरा गर्नु भयो। मन्त्री भट्टराईले मध्यमार्गी कुरा गर्नु भएको थियो,’
    बुधबार योगेश भट्टराई, लीलामणि पोखरेल, मातृकाप्रसाद यादव, नन्दकुमार प्रसाई र आमन्त्रित सदस्य पेशलकुमार खतिवडा पाँच जनाले धारणा राखेका थिए।


    ‘यदि भारत र नेपालका मानिस मिलेर प्रधानमन्त्री हटाउन खोजेका हुन भने कारवाही गर्नुपर्छ। प्रधानमन्त्रीको मर्यादाले पनि बोल्दै मिल्दैन। त्यसले हाम्रो सार्वभौमिकतालाई मात्रै अपमान गरेको छैन। पराश्रयी समेत बनाएको छ ‘यसले जनतामा रहेको सार्वभौमिकतालाई अपमान गरेको छ।’

    त्यसैगरी पोखरेलले समाजवादउन्मुख सरकारको आर्थिक विषयको नेतृत्व (अर्थमन्त्री) भने नवउदारवादीको महारथीलाई जिम्मा लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

    पार्टीको प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार बैठकमा मदन जयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्रीले राखेका विचार, सरकार हटाउन भारत सक्रिय रहेको, त्यसमा पार्टीका नेताहरूको संलग्नता रहेको भन्ने प्रधानमन्त्रीको भनाई र दुई दिनअघि निर्वाचन आयोगमा दर्ताको लागि आवेदन परेको भनिएको नेकपा (एमाले) को सम्बन्धमा छलफलमा सदस्यहरूले भाग लिएका थिए।

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology