Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमाले पार्टी दर्ताका लागी निवेदन दिने यी हुन २१ जना पदाधिकारी

एमाले पार्टी दर्ताका लागी निवेदन दिने यी हुन २१ जना पदाधिकारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • १६:०४:४६ बजे
  • 2.1K
    SHARES
  • एमाले पार्टी दर्ताका लागी निवेदन दिने यी हुन २१ जना पदाधिकारी

    मंगलबार नेकपा स्थायी कमिटि बैठकमा विवाद चुलिएका बेला निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गर्न निवेदन दर्ता भएको समाचारले राजनीतिमा  तरंग पैदा गरेको छ । नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा परेको निवेदनमा २१ जना पदाधिकारी रहेका छन् । आईतबार उदाउदै गरेको सुर्य चुनाव चिन्ह राखेर निवेदन दर्ता भएको निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको थियो । 
    निवेदनमा दलको पुरा नाम ‘नेपाल कम्युनिस्ट पार्टी एकिकृत माक्र्सवादी लेनिनवादी’ राखिएको छ ।
    निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसारआवेदनमा दलको नाम, कार्यसमितिकोे पदाधिकारीहरुको नाम, विधान, घोषणापत्र, विनियमावलीलगायतका कागजातहरु, झण्डा, चिह्न पनि पेश भइसकेको  छ । साथै दलमा आवद्ध हुन आवश्यक पर्ने पाँच सयजना व्यक्तिहरुको हस्ताक्षरसहितको प्रतिबद्धता पनि पेश भइसकेको श्रेष्ठले बताए । 

    images

    अध्ययनको क्रममा केही आवश्यक कागजपत्र छुटेको भए सम्बन्धित व्यक्तिहरूसँग माग गरिने श्रेष्ठको भनाइ छ । उनी भन्छन्, ‘यहाँ आएका कागजात अध्ययन गर्दै छौँ । कार्यसमितिमा रहेका पदाधिकारीहरूको विवरण भेरिफिकेसन गर्ने काम हुन्छ,’ उनले भने, ‘दलको विधानमा उल्लेख भएका प्रावधानहरू नेपालको संविधान, कानुनबमोजिम भए–नभएको अध्ययन गरिन्छ । कुनै संशोधन गर्नुपर्ने वा ऐन–कानुनसँग बाझिएको कुरा छन् भने त्यसलाई मिलाउन लगाउने र ती सबै प्रक्रिया पूरा गरेपछि दल दर्ताको प्रक्रिया अघि बढ्छ । यो सबै प्रक्रिया पूरा गर्न ४५ दिनको समय उपलब्ध हुन्छ । ४५ दिनभित्र कागजातको भेरिफिकेसन गर्नेलगायत उहाँहरूले कागजातसमेत बुझाउनुपर्छ ।’

    नेकपा एमाले र माओवादीको पार्टी एकता भएको वर्ष दिन नाघिसकेकाले नेकपा एमाले नामक दल दर्ता गराउन बाटो खुलेको हो । 

    नेकपा एमाले नामक दल दर्ताका लागि आवेदन परेको विषयले नेकपाको मंगलबार बसेको स्थायी समिति बैठकमा चर्चा पाएको थियो ।


    उक्त पार्टी दर्ताका लागि निवदेन पर्नुमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै हात रहेको आरोप उपाध्यक्ष वामदेव गौतमले लगाएका थिए । 

    दल दर्ताका लागी निवेदन दिने २१ जनाको नाम निम्नअनुसार छ । 

    सन्ध्या तिवारी अध्यक्ष 

    भगवती खड्का उपाध्यक्ष 
    मनिष कुमार उपाध्या महासचिव 
    अस्मिता सुनार, सचिब 
    दाबा लामा, सचिब
    जयराम राउत, सचिब 
    खगेन्द्र प्रसाद भुषाल, सचिब 
    राधा पुरी, सचिब ।
    हरी बहादुर बोहोरा, सचिब 
    तारदेवी शाही सचिव 
    पवन विष्ट सदस्य 
    निलम पोखरेल
    किरण लामिछाने ।
    उमेश महतो 
    उषा कुमारी झा 
    प्रदिपराज गिरी 
    पूर्णिमा तामाग 
    निश्चल बस्नेत
    सञ्जिब विष्ट 
    बिनिता कार्की 
    बिमला विष्ट रोका 

    TV Annapurna

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology