Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

सांसद जनार्दन शर्माले गरे दँशै भत्ता कटाएर भेन्टिलेटर किन्न प्रस्ताव

सांसद जनार्दन शर्माले गरे दँशै भत्ता कटाएर भेन्टिलेटर किन्न प्रस्ताव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७७ आइतवार • १५:५६:५५ बजे
  • 2.1K
    SHARES
  • सांसद जनार्दन शर्माले  गरे दँशै भत्ता कटाएर भेन्टिलेटर किन्न प्रस्ताव
    सांसद जनार्दन शर्माले आफूले पाएको दसैं भत्तावापतको रकम कालिकोटका पूर्व जनमुक्ति सेनाका योद्धा नरेन्द्र बोहरालाई भेन्टिलेटरमा राखी उपचार गर्नु परेकोले उहाँलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । शर्माले दँशै भत्ता कटाएर भेन्टिलेटर किन्न प्रस्ताव गरेका छन् ।

    त्यस अघि नेकपाकै अर्का सांसद भीम रावलले आफूले पाएको दशैँ भत्ता खाताबाट कटाएर फिर्ता गर्न माग गरेका छन् । साथै रावलले जनप्रतिनिधिले दँशै भत्ता नलिने व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भने संसदबाट कुनै पनि तलव भत्ता लिएका छैनन् ।

    जनतालाई औषधी किन्ने र उपचार गर्ने अवस्था समेत नरहेका बेला संघदेखि प्रदेश सम्म पनि सांसदले मात्र नभई उनका स्वकिय सचिवहरुलाई समेत ठूलो मात्रामा दँशै भत्ता लिएको सार्वजनिक भए पछि आलोचना हुँदै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology