कार्तिक २, २०७७ आइतवार
•
२०:०१:१९ बजे
अन्यायको विरुद्धमा बोल्छु ,
अत्याचारको विरुद्धमा बोल्छु ,
बेथितिको विरुद्धमा बोल्छु ,
हो म बोल्छु ,
श्री ३ को विरुद्धमा पनि बोल्छु !!
जब जब ,
न्यायको चिरहरण हुँन्छ ,
स्वाभिमानमा दाग लाग्छ ,
भ्रष्टाचारले मुलुक आक्रान्त बन्छ ,
तब तब म बोलिरहन्छु ,
भ्रष्ट साशकको पोल खोलिरहन्छु !!
मेरो बोलिले यदि छुन्छ भने ,
मेरो शब्दले यदि चुम्छ भने ,
हे सरकार .......
लगाईदे मुखमा ताला,
लगाईदे हातमा हत्कडी,
झुण्ड्याईदे टुँडिखेलमा अनि काढ्दे छाला !!
निचोर पसिना,
चुस रगत ,
बना करङ्गको गिटार अनि बजा नलि खुट्टाको बाँसुरी !!
तर ..... तर .....
बिचारबाट बिचलित ,
सिद्धान्तबाट स्वखलित ,
बिदेशिबाट संचालित ,
NGO\INGO बाट परिचालित ,
सबैको विरुद्धमा बोल्छु !!
नांङ्गिने कलाकारको विरुद्धमा बोल्छु ,
नंङ्ग्याउने पत्रकारको विरुद्धमा बोल्छु !
सामन्ती परम्पराको विरुद्धमा बोल्छु ,
नवसामन्ती संस्कारको विरुद्धमा बोल्छु !!
वाह वाही मात्र होईन ,
जयजयकार मात्रै पनि होईन ,
ए सरकार ,
यदि बिरोध गर्नु अपराध हो भने ,
सुझाव दिनु गल्ती हो भने ,
हाल्दे जेल ,ठोक्दे नेल ,
म बोलिरहन्छु !!
म बोलिरहन्छु !!
राम चन्द्र तिम्सिना
(आवाज)