Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गजल

गजल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २, २०७७ आइतवार • २१:०२:३१ बजे
  • 3.2K
    SHARES
  • गजल
    सृष्टिमा उन्नत मानव ,दानव तिमी हुन्छौ किन
    स्याहार गर्न सक्दैनौ त छोरी चेली छुन्छौ किन ।

    लुट्छन ईज्जत स्कुल जाँदा,घाँस पात पँधेरीमा
    कर्तव्यपथ कि नारीलाई बङ्ग्याउन चुन्छौ किन ।

    समनताको अधिकार महिला पुरुष बराबर
    आफ्नै पाखो कोल्टे पार्न प्रपञ्च नै गुन्छौ किन ।

    पढि लेखी सानी नानी देशकि ठुली ज्ञानी हुन्थि
    जुठो भाँडो चुला चौकि मात्रै घरमा थुन्छौ किन ।

    बलात्कारी आफ्ना परे दसि प्रमाण धुने हरु
    निर्दोसिले न्याय पाउँदा आखा छोपि रुन्छौ किन ।



    महेश प्रसाद न्यौपाने 
    वालिङ -स्याङ्जा 
    प्रवास ओमन बाट

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology