Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसारकै दुर्लभ र महंगो ह्वेल माछाको ‘बान्ता’

संसारकै दुर्लभ र महंगो ह्वेल माछाको ‘बान्ता’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३, २०७७ सोमवार • १३:५६:३३ बजे
  • 2.6K
    SHARES
  • संसारकै दुर्लभ र महंगो ह्वेल माछाको ‘बान्ता’

    एजेन्सी । ब्रम्हाण्डमा थुप्रै बहुमुल्य बस्तुहरु पाइन्छन । हिरा, मोती, सुन, चाँदी, युरेनियमलगायतका थुप्रै थुप्रै बस्तुहरु मुल्यका हिसाबले निकै महंगा चिजबस्तुहरुमा गनिन्छन । तर कुनै जनावरले गरेको उल्टी अर्थात बान्ता पनि संसारकै अत्याधिक महंगो हुन सक्छ र ? सुन्दै अचम्म लाग्ने यो विषय ताईवानबाट प्राप्त खबरसंग सम्बन्धित छ ।

    images

    ताइवानको अर्किड टापुमा यस्तै एउटा दुर्लभ संयोग जुरेको छ । सुनसान अर्किड टापुको समुन्द्री किनारमा माछा मार्न जाने क्रममा ताइवानी नागरिक लि ले झट्ट हेर्दा गोबर जस्तै देखिने निकै सारो बस्तु देखे । जुन बस्तुबाट निकै सुमधुर बास्ना आइरहेको थियो । लिलाई त्यही मिठो सुगन्धले नै त्यस अज्ञात बस्तुतर्फ तानेको थियो ।

    लिले जसोतसो त्यो ढुंंगा जस्तो सारो डल्लो घर ल्याए । मगमग बास्ना आइरहने त्यो कालो ढुंगाका बारेमा उनलाई केही पनि जानकारी थिएन ।

    निकै सोधपुछ गरेपछि ४ केजी तौल रहेको त्यो बस्तु संसारकै महंगा बस्तु मध्येको एक रहेछ भन्ने पत्ता लाग्यो । यो बस्तु उनले आफ्नो पारिवारि खर्च टार्न भन्दै २ लाख १० हजार अमेरिकी डलरमा बिक्री गरे ।

    वास्तवमा त्यो बस्तु कुनै गोबर, ढुंगा वा अरु केही नभएर ह्वेल माछाले बान्ता गरेको एक बस्तु हो । ह्वेल माछाले बान्ता गर्दा निस्कने यो बस्तुलाई वैज्ञानिक भाषामा एम्बरग्रीस भनिन्छ । यो बस्तु प्रायगरी कालो तथा हल्का कालो रंगको हुन्छ । अत्यन्तै मिठो बास्ना आउने एम्बरग्रीस मैन जस्तो ज्वलनशील हुन्छ ।

    १५ ग्रामदेखि ५० केजी तौलसम्म हुने एम्बरग्रीसले ह्वेल माछाको शरीर भित्र रहेर सिंगो शरीरलाई सुरक्षा दिन्छ । प्रायगरी ह्वेल माछाहरु समुन्द्री किनारभन्दा टाढै रहन्छन । त्यसैले ह्वेलको बान्ताबाट निस्कने एम्बरग्रीस समुन्द्री किनारामा आइपुग्न धेरै समय लाग्छ ।

    सुरुको अवस्थामा मैन जस्तो कमलो हुने एम्बरग्रीसलाई समुन्द्रको नुनिलो पानी र घामको प्रकाश र तापले चट्टान जस्तो कडा बनाउँछ । एम्बरग्रीसको प्रयोग सेन्ट बनाउन प्रयोग हुन्छ । यसबाट बनेका सेन्टहरु लामो समयसम्म बास्ना आइरहने हुन्छन ।

    कतिपय वैज्ञानिकहरुले एम्बरग्रीसलाई समुन्द्रमा तैरिने सुन पनि भन्छन । अहिले एम्बरग्रीसको बजार मुल्य प्रति केजी ५० हजार अमेरिकी डलर रहेको ताइवान न्युजले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • # रोचक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology