Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अमेरिकामा दैनिक एकलाख संक्रमित थपिन सक्ने चेतावनी

अमेरिकामा दैनिक एकलाख संक्रमित थपिन सक्ने चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १७, २०७७ बुधवार • १८:१९:४६ बजे
  • 2.3K
    SHARES
  • अमेरिकामा दैनिक एकलाख संक्रमित थपिन सक्ने चेतावनी

    एजेन्सी । विश्वब्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी आक्रान्त भएको मुलुक अमेरिकामा दैनिक एकलाख संक्रमित भेटिन सक्ने विज्ञहरुले चेतावनी दिएका छन ।

    images

    संक्रामक रोग विशेषज्ञ एवं टास्क फोर्सका सदस्य डाक्टर एंथनी फउचीले कोरोना भाइरस संक्रमणलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको भन्दै यस्तो चेतावनी दिएका हुन ।

    फाउचीका अनुसार आगामी दिनमा अमेरिका झनै ठूलो समस्याबाट गुज्रिंनेवाला छ । उनले भने, ‘यदी मानिसहरुले सामाजिक दुरीको पालना गरेनन् र मास्क प्रयोग गरेनन् भने अमेरिकाको अवस्था झनै भयावह बन्नेछ ।’

    डाक्टर फाउचीले सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन । सावधानी नअपनाए दैनिक १ लाखको हाराहारीमा कोरोना संक्रमितको संख्या थपिने उनले दावी गरेको बिबिसीले जनाएको छ । अमेरिकामा दैनिक करिब ४० हजारको हाराहारीमा संक्रमितहरु थपिंदै आएका छन । वल्र्डो मिटरले जनाए अनुसार अमेरिकामा कारोनाका कारण हालसम्म मृतकको संख्या १,३०,१२२ पुगेको छ भने संक्रमितको संख्या २७,२७,८५३ पुगेको छ । त्यसैगरी ११,४३,३३४ जना निको भैसकेका छन भने १५,९३५ जना संक्रमितको अवस्था चिन्ताजनक छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology