कार्तिक ४, २०७७ मंगलवार
•
०८:३८:४६ बजे
नेकपा त्रिवेणि गाउँपालिका रुकुम पश्चिमको चौथो पुर्ण बैठक ०१/०७/२०७७ मा सम्पन्न । नेपाल कम्युनिस्ट पार्टी नेकपा त्रिवेणि गाउँपालिका कमिटी रुकुम पश्चिमको चौथो पुर्ण बैठक गणेश बहादुर खड्काको अध्यक्षता र पार्टी केन्द्रिय कमिटी तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज राज कुमार शर्मा, प्रदेश कमिटी सदस्य ठगेन्द्र प्रसाद पुरी , झक्कु प्रसाद घर्ती, गणेश कुमार केसि, मीन बहादुर ओलिको उपस्थितिमा बैठक सम्पन्न गरेको छ ।
आमूल परिवर्तनको लागि जिवनको उत्सर्ग गर्ने वीरसहिदहरु प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै बैठक सुरु भएको थियो । बैठकमा वडा नम्बर १ देखि १० सम्मको पार्टी अध्यक्षहरुले अहिलेसम्म भएको कामहरुको प्रतिबेदन प्रस्तुत गरेका थिए । बैठकमा उठेका विभिन्न विषयहरुको सहजीकरण ठगेन्द्र प्रसाद पुरी , झक्कु प्रसाद घर्ती, गणेश कुमार केसि, मीन बहादुर ओलिले गरेका थिए ।
भने छलफलमा आर्थिक समृद्वी सामाजिक रुपान्तरणको अभियानलाई तीब्र बनाउने संगठित सदस्यहरुको सदस्यता नवीकरण, कार्तिक ७ गते पालिका कर्मचारीहरुको भेला गरि संयंत्र गठन यहि कार्तिक मसान्तसम्म गर्ने पनि जनाएको छ । अहिले नेकपाले देशैभरी सदस्य नवीकरण अभियानलाई तिब्रता दिएको छ ।