Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जुगेडाका इञ्चार्ज असई गोविन्द विकको हत्याको अनुसन्धान निष्कर्ष नजिक

जुगेडाका इञ्चार्ज असई गोविन्द विकको हत्याको अनुसन्धान निष्कर्ष नजिक

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • १०:३६:०६ बजे
  • 1.3K
    SHARES
  • जुगेडाका इञ्चार्ज असई गोविन्द विकको हत्याको अनुसन्धान निष्कर्ष नजिक
    कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्याको अनुसन्धान निष्कर्ष नजिक पुगेको प्रहरीले जनाएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहले अनुसन्धानको दायरा साँघुरो बनेको बताए । उनले भनेका छन्, ‘हाल १३ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

    सम्भवतः मंगलबार साँझसम्म तथ्यसम्म पुगिने उनले बताए ।

    शनिबार राति मोटरसाइकल गस्तीमा गएका वेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए । विकको शव मोहना नदीमा भेटिएको छ भने साउद हालसम्म सम्पर्कविहीन छन् । उनको खोजीमा सशस्त्र प्रहरी बलको गोताखोेर टोलीसँगै नेपाल प्रहरीका पौडिन जान्ने दक्ष जनशक्ति परिचालित छन् ।

    अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पक्राउ परेका व्यक्तिबाट केही संकेत मिलेपछि उनको खोजी कार्य थालिएको छ । हालसम्मकको अनुसन्धानले विकमाथि सामूहिक रुपमा आक्रमण भएको देखिएको पनि प्रहरी स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार घरेलु हतियारको प्रयोगबाट घाँटी काटिएको देखिएको छ । हत्यापछि केही मिटरको दूरीमा रहेको नदीमा विकको शव फ्यालिएको पाइएको प्रहरीको भनाइ छ ।

    हाल घटनाको अनुसन्धानमा प्राविधिक सहयोगका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चकुमार बाखु नेतृत्वको टोली पनि परिचालित छ ।

    असई विकले तस्करी रोक्न गरेको कडाइकै कारण उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । अनलाइन खबरबाट साभार

  • सम्बन्धित विषय:

  • # असई गोविन्द विक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology