Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भैरहवामा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी

भैरहवामा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • १०:५७:५९ बजे
  • 1.7K
    SHARES
  • भैरहवामा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी
    रूपन्देही - भैरहवामा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएकाे छ । सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेकाे एभरेष्ट आयल सप्लायर्समा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको हाे ।

    सोमबार राति पौने ८ बजे लु २ ख १५४१ नम्बरको ट्यांकबाट उक्त पेट्राेल पम्पकाे ट्यांकीमा इन्धन खनाउने क्रममा  एक्कासि आगाे लागेकाे जनाइएकाे छ । आलगागीबाट ट्यांकर पूर्णरुपमा जलेर नष्ट भएको रुपन्देही प्रहरीले जनाएकाे छ । साथै उक्त ट्यांकरमा रहेकाे ३० हजार लिटर डिजल पनि जलेर नष्ट भएको छ ।

    साे क्रममा मानवीय क्षति नभए पनि इन्धन खन्याउने मेसिन अपरेटर नारायण खनालको हातखुट्टा पोलेर सामान्य घाइते भएकाे प्रहरीकाे भनाइ छ ।

    आगाे नियन्त्रणमा लिन सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट दमकल गएका थिए, राति अबेर आगलागी नियन्त्रणमा लिइएकाे जनाइएकाे छ । दमकल समयमै पुगेकाले अन्य वरिपरिका घरमा आगाे लाग्नबाट भने जाेगाउन सकिएकाे प्रहरीकाे भनाइ छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology