Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला

अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

कार्तिक ४, २०७७ मंगलवार • ११:२२:४० बजे
  • 1.8K
    SHARES
  • अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला
    शनिबार रातीदेखि बेपत्ता भएका कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव फेला परेको छ । असई गोविन्द विकसँगै हत्या गरिएका साउदको शव मोहना नदीमा फेला परेको हो ।

    बेपत्ता भएदेखि उनको खोजि कार्य प्रहरीले जारी राखेको थियो । गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिक र जवान साउद वेपत्ता भएका थिए ।

    असई बिकको शव आइतबार बिहान नेपाल–भारत सीमा स्थित मोहना नदीमा घाँटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको थियो ।

    यसअघि घटनामा संलग्‍न रहेका एकजना तस्करी गर्ने क्रममा प्रहरीले अवरोध गरपछि साँउद र विकको हत्या गरेको साबिति दिएका थिए ।

    विकले चढ्ने बा.५८प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको थियो । प्रहरीले सीमा क्षेत्रमा तस्कर समूहका गतिविधि निगरानी र नियन्त्रण गर्न पुगेका उनीहरु तस्करकै सिकार बनेको दाबी गर्दै आएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology